द.कोरिया, १८ चैत ।
भ्रष्टाचारको आरोपमा दक्ष्णि कोरियाली अपदस्त राष्ट्रपति पार्क ग्यून हेलाई हिरासतमा लिइएको छ । अदालतको आदेशपछि उनलाई हिरासतमा लिइएको समाचारमा जनाइएको छ ।
उनलाई राजधानी सोलको हिरासतमा लैजाँदा आत्मसंयमका साथ अघिबढेकी थिइन् । राजधानीको एक अदालतमा बिहीबार अवेरसम्म चलेको सुवाईपछि अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएको थियो ।
उनलाई हिरासतमा राख्ने आदेश जानकारी पाउँनासाथ लाखौंका संख्यामा मानिसहरू सडकमा जम्मा भएर उनी अभियुक्त भएको दृश्य हेरेका थिए । अदालतले आफ्नो आदेशमा ‘ उनलाई गिरफ्तार गर्नु आवश्यक र न्यायसंगत छ’ भन्ने उल्लेख गर्दै भनेको छ, ‘ साक्षी र प्रमाण नष्ट हुने खतरा छ ।’
पार्क पुग्नुअघि हिरासत केन्द्र पुगेका उनका ५० जति समर्थकले राष्ट्रिय झण्डा फहराउँदै उनको रिहाइको माग गरेका थिए । (एजेन्सीको सहयोगमा)