काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।