काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उम्मेदवारी दर्ताका क्रममा गोरखामा तामझाम गरेको र बाजागाजा बजाएको बारे आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्नुपर्ने भन्दै आचारसंहिता जारी गरेको थियो । तर प्रचण्डले तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै निर्वाचन आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्नेको जनाएको छ ।
