काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो
२० गतेबाट ७ दिनका लागि म्याद थप भएको हो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर नाबालिगमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् ।