मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमाले छाडेका घनश्याम भुसाललाई गठबन्धनको समर्थन

सोमबार, असोज २४ २०७९

काठमाडौँ – नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट टिकट नपाए पछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै नेकपा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक र (ख) मा विश्वनाथ यादव ले उम्मेदवारी दर्ता गराए भने एमालेका तर्फबाट राप्रपाका आशिष चौधरी र  एमालेका दधिराम शर्माले उम्मेदवारी दर्ता गराएका छन् । आफू रुपन्देही क्षेत्र नम्बर–१ को परिचित व्यक्ति भएकाले विजयी हुनेमा विश्वस्त रहेको भुसालले बताए।

नेता भुसाललाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा रहेको छ भने एमालेलाई राप्रपा सहगोग रहेको छ ।