मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

उम्मेद्वारी मनोनयन कुनै हालतमा रोकिन्न

आइतबार, असोज २३ २०७९

काठमाडौँ – निर्वाचन आयोगले भोलि (आइतबार) हुने उम्मेदवारी मनोनयनको तयारी पूरा गरेको छ । शनिवार पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगकाका प्रमुख आयुक्त दिनेश थपलियाले मनोनयनको तयारी पुरा भइसकेको बताएका हुन् ।

७७ वटामै निर्वाचन कार्यालय स्थापना गरिसकेको बताए । सबै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन दर्ताको तयारी गरिरहेको बताए । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयनको आवश्यक व्यवस्थापन गरिसकेको उनले बताए । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘उम्मेदवारी दर्ताको समय केही पर सारिदिन केही सुझाव आएका हुन् । त्यसमा मनोनयन दर्ताको स्थानीय तहमा पनि दुई दिन, समानुपातिकमा पनि दुई दिन दिएको त्यसैले यसमा तीन दिन दिन सुझाव आएको थियो । तर, स्थानीय तहमा दुई दिन दिँदा भोलिपल्ट अबेर मात्रै दलहरू आउनु भयो । त्यसैले आयोगले त्यसलाई दोहोर्‍याउन चाहेन ।’

कारण बस् मतदान प्रक्रिया स्थगित हुनसक्ने भए पनि मनोनयन प्रक्रिया कुनै हालतमा रोकिन नसक्ने उनको भनाइ छ । उम्मेदवार चयन गर्दा समावेशी र समानुपातिकतालाई ख्याल गर्न उनले आग्रह गरे । आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना राजनीतिक दलहरूलाई आग्रह गरे ।

राजनीति दलहरूलाई आयोगबाट हुनसक्ने सहयोग पूर्ण रूपमा सहयोग हुने बताए । उनले निर्वाचनको दिन व्यवस्थित ढंगबाट सार्वजनिक यातायातको साधन चलाउने समेत बताए ।