दाङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिलालाई उम्मेदवार बनाउने भएको छ ।
दाङ–१ बाट शान्ता चौधरी र दाङ–३ बाट कोमल वली उम्मेदवार भएका छन् । दाङ–२ बाट पूर्व मुख्यमन्त्री शंकर पोखरेलको उम्मेदवारी दिने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन बाटो खुलेको छ ।