काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको कामकारबाही प्रति असन्तुष्टि व्यक्त गरेका छन
।
काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरे । आफ्नै पार्टी नेतृत्वको सरकार भएपनि सरकारको कामकारबाहीबाट आफ्नो पटक्कै चित्त नबुझेको उनले बताए ।
‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’
यसैगरी उनले उनले आफ्नै पार्टी भित्रै पनि शुद्धिकरणको अभियान चलाउनु पर्ने बताउँदै भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र पनि विद्रोह गर्नुपर्ने बेला आएको छ। नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुनेभयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’