शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सत्ता गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक

शुक्रबार, असोज १४ २०७९

काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका छन् । यस्तै निर्वाचनमा तालमेल गरेर जाने तयारीमा रहेको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका विषय सहमति नजिक पुगेको छ ।

सिट बाँडफाँटको लागि सत्ता गठबन्धनका दलहरु लामोसमयदेखि छलफलमा जुटिरहेका थिए । गठबन्धनका सबै दलहरुले आफ्नो सिट दाबीबाट पछि नहट्दा सहमती हुन सकिरहेको थिएन । प्रतिनिधि सभाको १६५ र प्रदेशसभाको ३३० सिटलाई बाँडफाँट अन्तिम निष्कर्षमा पुगेको र बैठकबाट अब टुंगाइने एक नेताले बताए ।

अहिले प्रतिनिधिसभाको १६५ सिटमध्ये १५७ सिटमा सहमति बनेको बताइएको छ । बुधबार पनि अबेरसम्म गठबन्धन दलका नेताहरु छलफलमा थिए । स्रोतका अनुसार कांग्रेसले ८५, माओवादी केन्द्र ४१, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १२ र जनमोर्चाले २ पाउने निश्चित भइसकेको स्रोतको भनाई छ ।

यसअघि नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सय सिट दाबी गर्दै आएको कांग्रेसलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५० सिट लिन प्रस्ताव गर्न भ्याएका थिए । अब भने सिट बाँफाडको काम अन्तिम सहमतिमा पुगेको छ ।