मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

भयावह बन्दै डेंगु : एकैदिन चार जनाको मृत्यु, हालसम्म २७ हजार ५६९ जनामा संक्रमण

बिहिबार, असोज १३ २०७९

काठमाडौं । नेपालमा बुधबार देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

बुधबार डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।