बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एक युवतीको मृत्युपछि इरानमा भएको  प्रदर्शन कम्तीमा ७६ जनाको मृत्यु

बुधबार, असोज १२ २०७९

तेहरान । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स

(आइएचआर) ले जनाएको छ । यद्यपि, सरकारी सञ्चार माध्यमहरुले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यसैबीच, महिलाहरुले लगातार १२औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।