मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

बुधबार, असोज १२ २०७९

काठमाडौँ : सिट बाँडफाँटमा कुरा मिल्न नसकेकाले सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ ।

निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा हम्मे परेको छ । विशेषतः नेकपा माओवादी र नेपाली काँग्रेसको सिटमा कुरा नमिलेका कारण बाँडफाँटमा समस्या भएको हो ।

मङ्गलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको छ। ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

हरेक दिन सहमति नजिक भनिए पनि करिब २ महिनादेखि सत्ता गठबन्धनले सिट बाँडफाँटलाई व्यवस्थापन गर्न सकेको छैन । नेपाली काङ्ग्रेसभित्र असन्तुष्ट पक्षले भेला गर्दै आएको छ भने नेकपा माओवादीका पोलिटब्यूरो सदस्यसहित पूर्वमा विद्रोह नै गरेका छन् ।