मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रस्तुत गर्दै, अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट

सोमबार, असोज १० २०७९

नेपालको आधिरकारिक वितरक अग्नि मोटोइन्क प्रा. लि.को नेटवर्क मार्फत उपलब्ध हुदै

काठमाडौँ – अग्नि मोटोइन्क प्रा. लि., अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा “नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट” सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादनगर्ने इन्जिन, सानो आकार, कमतौल र सुन्दर डिजाइनका साथ आएको छ ।

१२५ केभीए“४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावोरलले  नेपालमा ५ केभीएदेखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कमलागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने छ ।

महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटो इन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदानगर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवागर्न सबै भन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।