मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

राष्ट्रिय गानका रचयिताले पाउने भत्ता १०० प्रतिशतले बढ्यो

सोमबार, असोज १० २०७९

काठमाडौँ – राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।