शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा प्रहरी कार्यालयका सहयोगीको मृत्यु 

आइतबार, असोज ९ २०७९

काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराति ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।  

दुर्घटनामा गोरखाको बार्पाक सुलिकोट-३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।  

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए । 

ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।