काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
यसैगरी दिउँसो सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ ।
सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।