बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गायक चौलागाईंले ल्याए  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत (गीतसहित)

बिहिबार, असोज ६ २०७९

काठमाडौं । गायक युवराज चौलागाईंले  ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।  उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत उक्त सार्वजनिक गरेका हुन् ।

उक्त गितमा गायक युवराजलाई अनुष्का पाठकको साथ रहेको छ भने उक्त गीतमा शब्दरचना अनुष्का स्वयंको हो । संगीत युवराजले नै भरेका छन् ।

शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ । पछिल्ला दिनमा गायक चौलागाईंका दर्जनौं गित बजारमा छन् । उनी श्रोतामाझ निक्कै लोकप्रियक बन्दै गएका छन् ।