काठमाडौ चैत ६
आज नेप्से २४ दसमलव ८५ अंकले बढेर १३ सय ८२ दसमलव १९ अंकमा पुगेको छ । सेन्सिटिभ पनि पाँच दसमलव ५५ अंकले बढेर तीन सय दसमलव ३८ अंकमा पुगेको छ । एक सय ३६ कम्पनीहरुको पाँच हजार एक सय १५ वटा कारोवारमा १४ लाख ४८ हजार दुई सय चार कित्ता सेयर खरिद बिक्री भएको छ भने ६८ करोड ७७ लाख ९४ हजार एक सय दुई रुपैयाँको कारोवार भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो देखिएको छ । बीमा समुहको सुचक तीन सय ६७ दसमलव ४९ अंकले बढेर छ हजार छ सय ३० दसमलव ७० अंकमा पुगेकोमा २३ करोड २७ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक ५५ दसमलव ५९ अंकले बढेर १६ सय ९९ दसमलव ४८ अंकमा पुगेकोमा तीन करोड दुई लाख ३५ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि १७ दसमलव १८ अंकले बढेर १४ सय नौ दसमलव ३१ अंकमा पुगेकोमा चार करोड ३४ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज बाँणिज्य बैक समुहको सुचक १२ दसमलव नौ अंकले बढेर १२ सय ९८ दसमालव ९४ अंकमा कायम रहेकोमा ३२ करोड १२ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज उच्च अंकले बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ प्राईम लाईफ इन्स्योरेन्स १६०७ ९.९९
२ एभरेष्ट इन्स्योरेन्स कम्पनी १५३० ९.९९
३ प्रभु इन्स्योरेन्स कम्पनी ८०६ ९.९६
४ गुह्ेश्वरी मर्चेन्ट फाईनान्स २१३ ८.६७
५ सहरा बिकास बैक ४३० ७.७७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ राप्तीभेरी बिकास बैक ३२७ ४.३८
२ सिन्धु बिकास बैक २२९ ३.३७
३ खानी खोला हाईड्रो २३५ ३.२९
४ मिर्मिरे माईक्रो फाईनान्स १५७५ १.९९
५ साझा बिकास बैक २०२ १.९४