काठमाडौँ – सरकारले सशस्त्र प्रहरीमा एक एआइजीको दरबन्दी थप गरेको छ । गुपचुप अहिले दुई वटा दरबन्दी रहेकोमा एउटा थप गरी तीन वटा बनाएको हो । भदौ २१ गतेको मन्त्रीपरिषद् वैठकले दरबन्दी थप गरेको भएपनि सशस्त्र प्रहरीलाई सोमबार मात्रै जानकारी भएको हो । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको दरवन्दी थप गरेको हो ।
प्रहरी महानीरिक्षक राजु अर्याल अमेरिका गएका बेला सो दरवन्दी थप गरेको थियो । दरबन्दी थपको पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पुगिसकेको छ । एआईजीको दरबन्दी थप गरिएको बेला महानिरीक्षक अर्याल अमेरिकामा थिए । उनी संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएका बेला दरवन्दी थप गरेको थियो ।
थपिएको पदमा डिआइजी बंशी दाहालको बढुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।