बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

लिबिया झडपमा ३२ जनाको मृत्यु

सोमबार, भाद्र १३ २०७९

त्रिपोली । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

झडपमा दर्जनौँ मानिस घाइते भएका छन् ।

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ ।

आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ । 

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।