बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर सानेपामा, प्रधानमन्त्रीले ओढाए पार्टीको झण्डा

आइतबार, भाद्र ५ २०७९

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । 

प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गएराति साँढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उनको पार्थिक शरीरमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरे ।

pradeep giri deathbody.JPG

त्यस अवसरमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति ंरहेका थियो ।

 यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

नेता गिरीको आजै अपरान्ह २ बजेपछि अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ ।

नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।  निष्ठामा अडिग इमान्दार जनप्रतिनिधिको रुपमा पनि उनलाई सबैले चिन्ने गरेका थिए ।

गिरिकै निधनका कारण आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित गरिएको छ ।