बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थाल्यो, एकदिनमै कर्जा लगानी तीन अर्ब

शुक्रबार, भाद्र ३ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ ।

मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । 

सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ ।

सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।