शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बुटवलको होटलमा बास बसेका जोडी मृत भेटिए

मंगलबार, साउन ३१ २०७९

बुटवल । बुटवलस्थित एक होटलमा बास बसेका एक पुरुष  र एक महिला  मृत अबस्थामा फेला परेका छन् ।  

मृत्यु  हुनेमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा रहेका छन्  । उनीहरु आइतबार साँझ बुटवलको फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं१३४ मा  रातिसँगै  बास बसेका थिए ।

सोमबार बिहान होटलको कोठामा महिला पलङमा उत्तानो परेको  र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी  दिए।

मृत्यु भएका भुजेल धादिङ कुम्पुरका हुन् भने महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक रडेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीको जनाएको छ । 

उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।