बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१० रुपैयाँ दरको २४ करोड थान नयाँ नोट छाप्न सम्झौता

मंगलबार, माघ १८ २०७३

काठमाडौ माघ १८
नेपाल राष्ट्र बैकले १० रुपैयाँ दरको २४ करोड थान नयाँ नोट छाप्नको लागि सम्झौता गरेको छ । दश रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छपाई गर्नको लागि राष्ट्र बैकले फ्रान्सको एक कम्पनीसंग सम्झौता गरेको छ । सम्झौता बमोजिम उक्त कम्पनीले नयाँ नोटको डिजाइन, छपाई तथा आपूर्ती गर्ने छ । 
राष्ट्र बैकले २०७३ मंसिर ३ गते १० रुपैयाँ दरको २४ थान नयाँ नोट छपाई गर्नको लागि ग्लोवल टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डरमा फ्रान्सको एभिन्ययु डि मिसिईन ७५००८ पेरिसले अन्य कम्पनीहरुको तुलनामा न्युनतम दर रेटमा नोट छपाई गर्ने दर रेट उल्लेख गरी टेण्डर हालेको थियो । सोही आधारमा राष्ट्र बैकले माघ १३ गते उक्त कम्पनीसंग ३० लाख ६४ हजार आठ सय युरोमा नयाँ नोट छपाईको लागि सम्झौता गरेका जानकारी दिएको छ ।