बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैकद्धारा ९२ अर्ब २५ करोडको तरलता प्रवाह

आइतबार, माघ १६ २०७३

काठमाडौ माघ १६
नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षको पछिल्लो अवधिमा ९२ अर्ब २५ करोड रुपैयाँको तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् कुल ३१ अर्ब ५० करोड तरलता प्रशोचन गरेको छ । यसमा चालू आर्थिक वर्षदेखि शुरु गरिएको ब्याजदर कोरिडर अन्तर्गतको दुई हप्ते निक्षेप बोलकबोल मार्फत्  २६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको रकम समेत समावेश गरिएको राष्ट्र बैकले जनाएको छ । यसबाहेक रिभर्स रिपोमार्पmत् (टर्नओभरको आधारमा) ६० अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । 
अघिल्लो वर्षको सोही अवधिमा पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् एक सय ५७ अर्ब २५ करोड, रिभर्स रिपोमार्पmत् ७६ अर्ब ३० करोड र सोझै बिक्री बोल–कबोलमार्फत् नौ अर्ब १० करोड तरलता प्रशोचन भएको राष्ट्र बैकले जनाएको छ । चालुु आर्थिक वर्ष २०७३—०७४ को चार महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २९ करोड खुद खरिद गरी एक सय ३७ अर्ब ८७ करोड तथा रिपो बोलकबोलमार्फत्  १० अर्ब एक करोड (चालू आर्थिक वर्षदेखि शुरु गरिएको ब्याजदर कोरिडर अन्तर्गतको दुई हप्ते रिपो बोलकबोलमार्फत् एक करोड समेत) गरी कुल  एक सय ४७ अर्ब ८८ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ४८ करोड खुद खरिद गरी एक सय ५४ अर्ब २८ करोड खुद तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ३० करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी एक सय ५० अर्ब ३३ करोड बराबरको भारतीय मुद्रा खरिद गरिएको राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७६ करोड बिक्री गरी ७९ अर्ब १९ करोड बराबरको भारु खरिद भएको थियो । राष्ट्र बैकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक हजार ३९ अर्ब २१ करोडबाट दुई दसमलव एक प्रतिसतले बढेर २०७३ कात्तिक मसान्तमा एक हजार ६१ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । 
कुल बिदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको आठ सय ८७ अर्ब एक करोडको तुलनामा २०७३ कात्तिक मसान्तमा एक दसमलव वाँच प्रतिशतले बढेर नौ सय अर्ब २६ करोड रहेको छ । त्यसैगरी नेपाल राष्ट्र बैक बाहेकका बैक तथा फाईनान्स कम्पनीहरुसंग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक सय ५२ अर्ब २० करोडको तुलनामा पाँच दसमलव आठ प्रतिशतले बढेर एक सय ६१ अर्ब एक करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दसमलव चार प्रतिशत रहेको राष्ट्र बैकले जनाएको छ । 
अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७३—०७४ को चार महिनासम्ममा कुल वस्तु निर्यात १६ प्रतिशत र कुल वस्तु आयात ८१ दसमलव चार प्रतिशतले बढेको राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ३५ दसमलव पाँच प्रतिशत र वस्तु आयात ४० दसमलव नौ
प्रतिशतले घटेको थियो । 
समीक्षा अवधिमा भ्रमण आय ३० दसमलव छ प्रतिशत र विप्रेषण आप्रवाह पाँच दसमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २३ दसमलव चार प्रतिशतले घटेको र विप्रेषण आप्रवाह ११ दसमलव छ प्रतिशतले बढेको थियो । राष्ट्र बैकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनासम्ममा अमेरिकी डलर एक सय १५ करोड ३५ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा अमेरिकी डलर एक करोड ७७ लाखले बचतमा रहेको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो चार महिनामा अमेरिकी डलर ७९ करोड ७१ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर २० करोड ६० लाखले बचतमा रहेको छ 
|