बिराज कार्की र जोती शाही ठकुरीको अभिनय रहेको ‘सरी ल’ बोलको गित सार्वजनिक भएको छ । खेमशारु मगरको शब्द संगित र विशाल निरौलाको मिक्सिङ्ग रहेको गीत मेलोडी नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस गीतमा पुर्णिमा लामा र रन्जन राईले आफ्नो सुमधुर स्वर दिनु भएको छ ।
नारायण मगरले निर्देशन रहेको यस गीतको भिडियोलाई कल्याण चौलागाईंले कोरियोग्राफी गरेका हुन् । रोनिस तामाङ्गले छायाँङ्कन गरेको यस म्यूजिक भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।