बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युनाईटेड गोल्डकप भदौमा

सोमबार, साउन २३ २०७९

काठमाडौं : ३६ औं संस्करणको युनाईटेड गोल्डकप आगामी महिना आयोजना हुने भएको छ । युनाईटेड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता भदौ १० गतेबाट हुनेछ ।

नवलपुर जिल्लाको हुप्सिकोट ३ मा तिजको अवसरमा आयोजना हुँदै  आएको छ । यस प्रतियोगिता कोभिड- १९ का कारण पछिल्लो दुई संस्करण आयोजना भएको थिएन ।

भदौ ७ गतेसम्म टिम दर्ता गर्न सकिने छ । एउटा टिम दर्ताका लागि ११ हजार १ सय ११ रुपैया लाग्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया सहित प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन् ।  दोस्रो हुनेले १ लाख ३३ हजार ३ सय ३३ रुपैया सहित प्रमाण पत्र र ट्रफि प्रदान गरिने छ ।

प्रतियोगिताका सवोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया दिईने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले ७ हजार ७ सय ७७ रुपैया पाउने छ ।

सेमिफाईनलबाट बाहिरिने दुई टोलीलाई समान २५ हजार ५ सय ५५ रुपैया २५ हजार ५ सय ५५ रुपैया दिईने आयोजकले जनाएको छ ।