काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।
आजको प्रतिनिधि सभाको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची छ ।
यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव गर्ने, कारागार विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।