बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

आइतबार, साउन ८ २०७९

न्युयोर्क । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा  बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । 

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

विवादपछि गोली हानहान भएको थियो ।  आक्रमणकारीको पहिचान खुलाइएको छैन।
-एजेन्सी