बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकले ४२ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

मंगलबार, साउन ३ २०७९

काठमाडौ,

राष्ट्र बैंकले ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार कर्मचारीहरुको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ५५ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न लागिएको हो । लगानीको अवधि भने २०७९ साउन आठ गतेदेखि २०८० असार २८ गतेसम्म तोकिको छ । 

राष्ट्र बैंकका अनुसार लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ३३ करोड ६० लाख, बिकास बैंकहरुको लागि छ करोड ३० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड १० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा वित्तीय संस्थाहरुले यही साउन चार गते सम्ममा लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत तोकेर बोलकबोल पेस गर्नुपर्ने छ । यसैगरी लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनु पर्ने न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।