बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

फेरि उकालो लाग्यो कोरोना संक्रमण

सोमबार, साउन २ २०७९

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको जनाएको छ।