शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

चिनियाँ नेता फर्केलगत्तै प्रचण्डलाई भारत भ्रमणको निम्तो

बिहिबार, असार ३० २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी भने गराएका छैनन् ।
भारतमा रहँदा उनको कार्यतालिकाबारे स्पष्ट जानकारी भने दिइएको छैन । 

हालै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियाञ्जाओको टोलीले नेपाल भ्रमण गरेको थियो । लिउले प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

लिउसँगको भेट लगत्तै प्रचण्ड दक्षिणको छिमेकी भारतको भ्रमणमा जान लाग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

यतिबेला प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र छोरा जयविर देउवा पनि दिल्लीमा रहेकै बेला प्रचण्डलाई पनि दिल्ली भ्रमणका लागि निम्तो दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।