काठमाडौं । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौं सुरु भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।
मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।
जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् ।
बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । सांसदको हकमा अहिलेसमम बैठकमा बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी छन् ।