शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

धोबिखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

मंगलबार, असार २८ २०७९

काठमाडौँ – धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ ।

फोहोर फालेबापत सो प्रालीले महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।

292708097_360112042937316_7472337251893407994_n.jpg

जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्‍याउन आग्रह गरेका छन् ।

उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् र कुनै पनि अवाञ्छित कार्यहरू कसैले नगर्न र गरेको पाइए त्यसप्रति चनाखो हुने पनि उनले आग्रह गरेका छन् ।