शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

सोमबार, असार २७ २०७९

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।

चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र पराराष्ट्रमन्त्री नारायण खड्कासँग यसअघि नै भेट गरिसकेका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ।