बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रुसी सेनाको हमलामा १५ जनाको मृत्यु, दर्जनौं बेपत्ता

सोमबार, असार २७ २०७९

किभ । पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ  ।

आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् । 

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

चासिभ यार दोनेत्स्क शहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।
-एजेन्सी