काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।
आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई भेट गर्नेछन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने छन् भने उनी बुधबार नै स्वदेश फर्कनेछन् ।
हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए ।
भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।