बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली चलाउने हमलाकारी को हुन् ?

शुक्रबार, असार २४ २०७९

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ ।

शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानेको बताएको छ। जापान टाइम्सका अनुसार आबेको अवस्था चिन्ताजनक छ।  गोली लागेर आबेको घाँटीमा चोट लागेको थियो र छाती भित्र रगत बगेको थियो।

d.JPG

आबेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । गोली हानेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले ४१ वर्षीय यामागामी तेत्सुयालाई पक्राउ गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

hamalakari.JPG

आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् । पक्राउ परेका व्यक्तिबाट बन्दुक पनि बरामद भएको छ ।

sinjo.JPG

जापानी सञ्चारमाध्यमका अनुसार आबे अचेत छन् । एनएचके रिपोर्टका अनुसार उनलाई एम्बुलेन्समा ल्याउँदा उनी चेतमा थिए।

जापानको नारा शहरमा आयोजित एक सभामा भाषण गरिरहेका बेला आबेमाथि पछाडिबाट गोली प्रहार भएको थियो । छातीमा गोली लागेपछि उनी रक्ताम्य भएर ढलेका थिए । लगत्तै उनलाई अस्पताल लगिएको थियो ।