शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

भद्रगोेलमै सकियो माओवादी बैठक 

शुक्रबार, असार २४ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ ।

बिहीबारको बैठकममा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै फरक फरक नेताहरुको नाम तीन पटक पढेका थिए । प्रचण्डले जति नाम पढ्दै गए, उनी अलमलमा पर्दै गए । नाम दोहोरिएको थाहा पाएपछि उनी आफैं यो त दोहोरियो भन्दै सच्याउन खोज्थे । तर पार्टी हेडक्वार्टरमा भएको भद्रगोल लुकाउन सकेनन् ।  उनले सबैलाई मिलाएर नयाँ सूची बनाएर सर्कुलर गर्दै भन्दै अनुमोदनका लागि प्रस्ताव गरे । तर हलले उनको प्रस्ताव स्वीकार गरेन ।

होहल्ला र असन्तुष्टि बढेपछि प्रचण्डले नेताहरु बसेर नयाँ सूचीी बनाउने भन्दै बैठक एक घण्टाका लागि स्थगित नै गरे । फेरि सुरु भएको बैठकमा प्रचण्डले विधानमै नभएको वैकल्पिक पोलिटव्यूरो सदस्य बनाउने प्रस्ताव ल्याए । उनले वरिष्ठताका आधारमा पूर्ण र नयाँलाई वैकल्पिकमा राखेर केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्ने बताए । प्रचण्डको यो प्रस्ताव पास भएसँगै माओवादीको पोलिटव्यूरो १५६ सदस्यीय बनेको छ ।

तर नेताहरुको नामको सूची तीन पटक पढ्दा पनि पोलिटव्यूरोमा कोको परे भन्ने प्रष्ट हुन सकेन । अपूरो स्थायी कमिटी बनेको छ भने पदाधिकारीसमेत नबनाई माओवादी केन्द्रीय समितिको तेस्रो बैठक बिहीबार सकिएको छ ।

सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक आइतबारदेखि सुरु भएको थियो ।
 
बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ ।
 
बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उनले जानकारी दिए । बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने सङ्कल्पसमेत गरेको उनको भनाइ छ ।

बैठकले वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ ।
तर पूर्ण पोलिटव्यूरो सदस्यहरुको को को र वैकल्पिक कोको हुने अझैं टुंगिएको छैन ।