शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादी बैठक सुरु : आजै बैठकबाट पदाधिकारी टुंग्याउने

बिहिबार, असार २३ २०७९

काठमाडौं  ।  नेकपा माओवादीका पुर्व स्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ ।

जारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पुर्व स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिबादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रिय समिति बैठकवाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।

‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भईसकेको छ, त्यसलाई निष्कर्षमा प-¥याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रिय समिति बैठक समापान गर्न लागि परेका छौं ।’ 

आइतवार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकवाट रिर्पोटिङ भएको । दोस्रो दिन केन्द्रिय सदस्यहरुले उक्त दुवै बिषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।

नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य बर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक आजवाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।