काठमाडौ पुस १७
लक्ष्मी बैक र प्रोफेसनल दियालो बिकास बैकले आगामी माघ दुई गतेबाट एकीकृत कारोवार गर्ने भएकाछनत । नेपाल राष्ट्र बैकले यही पुस ११ गते लक्ष्मी बैकलाई क्षेत्रियस्तरको प्रोफेसनल दियालो बिकास बैकलाई एक्विजिसन गरी कारोवार सुरु गर्न अन्तिम स्वीकृती दिएसंगै बैकहरुले कारोवार सुरु गर्ने तयारी गरेका हुन ।
एक्विजीसन पश्चात बन्ने बैकको नाम लक्ष्मी बैक लिमिटेड नै रहने छ भने चुक्ता पुंजी चार अर्ब रुपैयाँ पुग्ने छ । हाल लक्ष्मीको चुक्ता पुंजी तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ रहेको छ भने प्रोफेसनलको चुक्ता पुंजी २४ करोड तीन लाख ५० हजार रुपैयाँ रहेको छ । नयाँ बन्ने बैकको कुल निक्षेप ५४ अर्ब तथा कुल कर्जा ४६ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ । लक्ष्मीको हाल ५१ अर्ब ५८ करोड ४२ लाख २८ हजार रुपैयाँ निक्षेप र ४४ अर्ब चार करोड २७ लाख नौ हजार रुपैयाँ कर्जा रहेको छ भने प्रोफेसनलको दुई अर्ब सात करोड ४७ लाख ५४ हजार रुपैयाँ निक्षेप र एक अर्ब ७४ करोड २४ लाख २८ हजार रुपैयाँ कर्जा रहेको छ ।