शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

दुई बालिका सुनकोशी नदीमा बेपत्ता

बिहिबार, असार २३ २०७९

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् ।

बुधबार दिउँसो गाई गोठालो जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।