शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अनिश्चितकालका लागि विदामा बसे अर्थसचिव मरासिनी

बुधबार, असार २२ २०७९

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । 

बजेट निर्माणलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका हुन् ।

आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् ।

आज बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।

त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।