बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल र क्यानडाबीचको पहिलो खेल वर्षाका कारण रद्ध, दोस्रो खेल आज 

बुधबार, असार २२ २०७९

काठमाडौं । नेपाल र क्यानडाबीच मंगलवार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल हुन सकेन ।  नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका रहेको थियो । जसअन्तर्गतको पहिलो खेल रद्ध हुन पुगेको हो । दोस्रो खेल आज हुनेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका रहेको छ । श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दैछन् ।

विश्वकप  क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । 

नेपालले दोस्रो खेल स्कटल्याण्डबिरुद्ध जुलाई १३ मा खेल्नेछ ।

नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।