शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादी केन्द्रको बैठक बस्दै,  प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने

बुधबार, असार २२ २०७९

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।

मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।

आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष  ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । उनका अनुसार पदाधिकारी लगायतको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको छ । पार्टीमा आवश्यक परामर्श गरेर उनले पदाधिकारीको नाम आज प्रस्ताव गर्नेछन् ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

 माओवादीको केन्द्रीय कमिटी बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।