शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा

मंगलबार, असार २१ २०७९

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ।

युवा संघका कार्यकर्ताले मंगलबार अनामनगरको हनुमानस्थनमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।

290958438_1407783206357245_4719650056933948883_n.jpg-768x512.jpg

अर्थमन्त्री शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराएको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रमा पनि अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने आवाज उठिरहेको छ।

पछिल्लो समय अर्थ मन्त्रालयको सिसीटिभी फुटेज डिलेट गरेको भन्दै सामाजिक सञ्जालमा समेत अर्थमन्त्रीको चर्को आलोचना भइरहेको छ। प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।