शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बालाजुमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु 

मंगलबार, असार २१ २०७९

काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन् । 

मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान मृत्यु भएको हो ।  

घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो ।