शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

साइमेक्सद्धारा “नेभर सिन फिस्कल इयर एन्ड अफर” सुरु 

सोमबार, असार २० २०७९

काठमाडौँ – बिवाईडी अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले “फिस्कल इयर एन्ड अफर” नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ, जुन पहिले कुनैपनि इभी मा देखिएको थिएन ।

यो अफर बिवाईडी अल न्यु इ ६ मा लागू हुनेछ जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ भने जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ, जुन मध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ किनकी यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको छैन ।

सो अफर बिवाईडी अल न्यु इ ६ को खरिदमा पाउन सकिन्छ जुन केवल आर्थिक वर्ष २०७८–७९ मा लागू हुनेछ । साइमेक्स इन्क प्रा. लि. ले इभी लाई प्रोत्साहन गर्न र केही राम्ररा परिवर्तनहरु ल्याउन यस्ता थुप्रै अफरहरु पहिले पनि नेपाली बजारमा भित्र्याएको छ, र अझैपनि भविष्यमा नयाँ आकर्षित अफरहरु ल्याउने वाचा गर्दछ ताकी इभी प्रतिको माया नेपालीको मनमा सधैँ सधैँ बाँचिरहोस् ।