बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी बैंकलाई प्राप्तिको लागि बाटो खुल्यो

बुधबार, पुष १३ २०७३

काठमाडौ पुस १३ 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक  लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।  
बैंकले आ.व. २०७३÷७४ को असोज मसान्त सम्म कुल निक्षेप ३१ अर्ब ६८ अर्व र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरी १२ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा सात करोड ४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पु¥याउने लक्ष्य लिएको छ । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।