शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पासपोर्ट वितरणमा भएको ढिलासुस्तीविरुद्ध युवा संघले राहदानी विभाग घेराउ गर्ने 

आइतबार, असार १९ २०७९

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।

पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती व्यहोर्नुपरेको भन्दै संघले आइतबार त्रिपुरेश्वर राहदानी विभागको कार्यालय घेराउ गर्ने भएको हो।

सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीबारे संघले विभागलाई ध्यानाकर्षणसमेत गराउनेछ। राष्ट्रिय युवा संघ नेपालले आइतबार (असार १९) दिउँँसो १ बजे उक्त दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

1656755113_latterr head-1.jpg